शेयर बजारमा दोहोरो अंकको बृद्धि, ७ अर्ब ३ करोडको कारोबार

काठमाडौं । आज शेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक २८.९१ अंकले बढेर २६६०.३९ को विन्दुमा बन्द भएको छ ।

आज ३०९ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ३ करोडको शेयर कारोबार भएको छ । आज २१७ कम्पनीको शेयर मूल्य बढेको छ भने ३१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै एनआरएनको शेयर कारोबार भएको छ । आज यस कम्पनकिो ४६ करोड १६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ४५ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको २५ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै सामुदायिक लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.८७ प्रतिशतका दरले कमाएका हुन् । न्यादी हाइड्रोपावरका लगानीकर्ताले पनि ९.८७ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ८.४१ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै युनिलिभर नेपालका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले २.१३ प्रतिशतका दरले गुमाएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *