आईपीओ स्वीकृतीमा कडाई गर्न सेबोनलाइ मन्त्रालयको निर्देशन

काठमाडौं । अर्थ मन्त्रालयले आईपीओ निष्कासन गर्ने कम्पनीको सबै वित्तीय र व्यवस्थापकीय पक्षलाई विस्तृत अध्ययन गरेर मात्रै आईपीओ जारी गर्न अनुमति दिन नेपाल धितोपत्र बोर्डलाई निर्देशन दिएको छ ।

अख्तियारले आईपीओ निष्कासनको पाइपलाइनमा रहेका कम्पनीहरुको विवरण झिकाएको थियो। योसँगै अर्थमन्त्रालले धितोपत्र बोर्डलाई आईपीओ जारी गर्ने कम्पनीको रेटिङ र प्रिमियम मूल्य निर्धारण पनि निगरानी राख्न निर्देशन दिएको हो ।

‘कुनै कम्पनी वा संस्थाको प्राथमिक सेयर अनिष्कासन गर्दा धितोपत्र बोर्डले उक्त कम्पनी वा संस्थाका सबै वित्तीय एवं व्यवस्थापकीय पक्षको वस्तुपरक अध्ययन गरेर मात्र अनुमति दिने,’ अर्थमन्त्रालयद्वारा जारी निर्देशनमा भनिएको छ।’

सो क्रममा धितोपत्रको रेटिङ निर्धारण वस्तुपरक भए नभएको अनुगमन गर्ने, धितोपत्रको प्रिमियम मूल्य निर्धारण गर्दा आर्थिक चलखेलको गुञ्जायस देखिएकाले उपयुक्त र विश्वसनिय मूल्यांकन विधिवाट धितोपत्र निष्कासन गर्न प्राथमिकता दिने जस्ता बिषय उल्लेख गरिएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *