काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आइतबार लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को बोनस सेयरमा मूल्य समायोजन भएको छ । आइतबार एलआइसीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ ।
यसको आइतबारको अन्तिम कारोबार मूल्य ९०८.३६ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो । समायोजनपश्चात यसको प्रतिकित्ता सेयर मूल्य ८२५.७८ रुपैयाँ कायम भएको छ ।







