एसईईको नतिजा साढे ५ बजे सार्वजनिक हुने

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्डले २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा शुक्रबार साँझ ५:३० बजे सार्वजनिक गर्ने भएको छ।

बोर्ड अध्यक्ष डा. महाश्रम शर्माका अनुसार पहिलो चरणको बैठक सकिएको र दोस्रो बैठकपछि नतिजा प्रकाशित गरिनेछ।

यस वर्षको एसईईमा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी कुल ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएको परीक्षा बोर्डले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *