काठमाडौं । आज शेयर बजार बढेको छ । नेप्से परिसूचक ४.७८ अंकले बढेर २६००.७६ को विन्दुमा बन्द भएको छ ।
आज ३२५ कम्पनीको शेयर किनबेच हुँदा ६ अर्ब ४७ करोडको शेयर कारोबार भएको छ । आज १२३ कम्पनीको शेयर मूल्य बढेको छ भने १२४ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५२ करोड १८ लाख रुपैयाँको शेयर कारोबार भएको छ । बुटवल पावर कम्पनीको ४२ करोड १७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको ३३ करोड ६० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै जोशी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका हुन् । पञ्चकन्या माइ हाइड्रोपावरका लगानीकर्ताले ९.४२ प्रतिशतका दरले कमाएका छन् । बरुण हाइड्रोपावरका लगानीकर्ताले ५.२७ प्रतिशतका दरले कमाएका छन् । पाँचथर पावरका लगानीकर्ताले ५ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै गुराँस लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।







