व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर प्रयोग नगर्न राष्ट्र बैंकको चेतावनी

काठमाडौं । नेपाल राष्ट्र बैंकले व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर कोड प्रयोग नगर्न चेतावनी दिएको छ। एक सचेतनामूलक भिडियो सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यापारीहरूलाई मर्चेन्ट क्युआर प्रणाली अपनाउन भनेको हो।

भिडियोमा  एक ग्राहकले पसलमा किनमेल गरेपछि व्यापारीले भुक्तानी आफ्नै व्यक्तिगत क्युआरमा गर्न अनुरोध गरेका छन्। तर ग्राहकले त्यो अस्वीकार गर्दै कानूनी प्रक्रिया अनुसार पसलको मर्चेन्ट क्युआरमा भुक्तानी गर्न आग्रह गर्छन्। ग्राहकले व्यापारीलाई व्यवसायिक कारोबारमा व्यक्तिगत क्युआर प्रयोग गर्नु गैरकानुनी मात्र हैन, त्यसले तपाईको सम्पत्ति वैध ठहर्दैन भन्दै सम्झाएको देखिन्छ।

भिडियोमा व्यवसायिक प्रयोजनमा व्यक्तिगत क्युआर प्रयोग नगर्न भन्दै यस्तो  सम्पत्ति अवैध हुन सक्ने र कानूनी कारबाहीको भागिदार बन्नुपर्ने स्पष्ट सन्देश दिइएको छ।

यस्तो छ भिडियो सन्देश :

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *