आफ्नै इच्छाले विदेश गएकालाई मानवतस्करीसँग जोड्न मिल्दैन : कांग्रेस सचेतक

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले भिजिट भिसा प्रकरणलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका छन् ।

संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै घिमिरेले आफ्नै इच्छाले भिजिट भिसाका माध्यमबाट बाहिर गएकाहरुले त्यसलाई मानवतस्करीसँग जोडेर हेर्न नमिल्ने बताएका हुन् ।

भिजिट भिसा प्रकरणमा अख्तियारले अनुसन्धान गरिरहेको र मुद्दा अभियोजन समेत नभएको अवस्थामा कसैलाई दोषि किटान गर्न नमिल्ने उनको भनाई छ। भिजिट भिसा प्रकरणमा अनावश्यक माग राखेर रास्वपालाई फिर्ता हुन गाह्रो भइरहेको भन्दै घिमिरेले वार्ता गरेर रास्वपालाई सहमतिमा ल्याउने बताए।

संदनमा देखिएको समस्या केहि दिनमा नै समाधान हुने उनको दावी छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *