काठमाडाैं। नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक कम्पनीहरू आईएमई डिजिटल सोलुसन लिमिटेड (आईएमई पे) र खल्ती प्रालिलाई आपसमा गाभी नयाँ संरचना ‘आईएमई खल्ती लिमिटेड’का रूपमा सञ्चालनमा ल्याउने अनुमति दिएको छ।
राष्ट्र बैंकले सार्वजनिक सूचना जारी गर्दै साउन १ गतेदेखि यी दुई कम्पनीको सेवा एकीकृत रूपमा ‘आईएमई खल्ती लिमिटेड’ नाममा प्रदान गरिने जानकारी दिएको हो। मर्जरपछि कम्पनीको सबै विवरण केन्द्रीय बैंकमा दर्ता भइसकेको छ।
नयाँ संरचना कार्यान्वयनमा आएपछि दुवै कम्पनीका ग्राहकले एउटै प्लेटफर्ममार्फत सेवा उपयोग गर्न सक्नेछन्। राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागले यो सूचना सार्वजनिक गर्दै बैंक तथा वित्तीय संस्थासँग सम्बन्धित सबैलाई जानकारी गराएको हो।







