नेपाली बजारमा सुनको मूल्य बढेको छ । यस दिन सुनको एक हजार ६०० रुपैयाँले बढेको हाे ।
नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार छापावाल सुन प्रतितोला एक लाख ९१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
यस दिन चाँदीको मूल्य भने घटेको छ । यस दिन चाँदीको मूल्य तोलामा १५ रुपैयाँ घटेको हो । यस दिन चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला दुई हजार १६५ रुपैयाँमा कारोबार भएको थियो ।
Artha Sanjal






