यस्तो छ देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति (पूर्णपाठसहित)

काठमाडाैं। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको पहिलो १० महिनाको (वैशाखसम्मको)‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ सार्वजनिक गरेको छ ।

बैंकले मंगलबार सार्वजनिक गरेको आर्थिक स्थिति विगतको तुलनामा उल्लेखनीय रुपमा सुधारिएको देखिएको छ ।

आयात, निर्यात, विप्रेषण, मुद्रास्फीति, चालु खाता, शोधनान्तर स्थिति र विदेशी मुद्रा सञ्चिति सबै सूचक सकारात्मक रहेका छन्। मुद्रास्फीतिको दर २०८२ वैशाखमा २.७७ प्रतिशतमा झरेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा ४.४० प्रतिशत थियो। यसले उपभोक्ता बजारमा केही स्थिरता आएको संकेत गर्छ।

१० महिनामा कुल वस्तु निर्यात ७२.७ प्रतिशतले बढेर रु. २ खर्ब १७ अर्ब ९१ करोड पुगेको छ भने वस्तु आयात १३.१ प्रतिशतले वृद्धि भई रु. १४ खर्ब ७४ अर्ब १९ करोड पुगेको छ। यस अवधिमा व्यापार घाटा पनि ६.७ प्रतिशतले बढेर रु. १२ खर्ब ५६ अर्ब २८ करोड पुगेको छ।

रेमिट्यान्स प्रवाहमा पनि उल्लेख्य वृद्धि भएको छ। यो अवधिमा विप्रेषण आप्रवाह १३.२ प्रतिशतले बढेर रु. १३ खर्ब ५६ अर्ब ६१ करोड पुगेको छ। वैशाख एक महिनामात्रै रु. १ खर्ब ६५ अर्ब ३० करोड विप्रेषण भित्रिएको छ।

चालु खाता रु. २ खर्ब ५५ अर्ब ९३ करोड र शोधनान्तर स्थिति रु. ४ खर्ब ३८ अर्ब ५२ करोडले बचतमा रहेको छ। विदेशी विनिमय सञ्चिति २३.१ प्रतिशतले वृद्धि भई रु. २५ खर्ब १२ अर्ब ९५ करोड पुगेको छ, जुन १७.४ महिनासम्मको वस्तु आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकको भनाइ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *