विश्व बैंक र अमेरिकी १ खर्बभन्दा बढी ऋण र अनुदान स्वीकृत

सरकारले १ खर्ब रुपैयाँभन्दा बढी वैदेशिक ऋण र अनुदान स्वीकृत गरेको छ। मन्त्रिपरिषद्‍को गत बुधबारको बैठकले ऋण अनुदान स्वीकृत गर्ने निर्णय गरेको हो।

विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संस्थाबाट १ सय ५० मिलियन अमेरिकन डलर  १८ अर्ब सहुलियत ऋण स्वीकार गरिएको छ। यसैगरी अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग युएसएआइडीको ६ सय ५९ मिलियन बराबरको अमेरिकी डलर ७९ अर्ब ७१ करोड रुपैयाँ अनुदान स्वीकार गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र कार्कीले जानकारी दिए।

विदेशी निकाय र अर्थमन्त्रालयबीच सम्झौता भएपछि ऋण तथा अनुदान कार्यक्रम सञ्चालनमा आउनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *