अपर सोलु हाइड्रोको लक इन अवधि असार २९ गते सकिंदै

काठमाडाैं। अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडको संस्थापक शेयरधनी, आयोजना प्रभावित स्थानीय बासिन्दा तथा कर्मचारीहरूलाई बाँडफाँड गरिएको शेयरको लक–इन अवधि आगामी असार २९ गते सकिने भएको छ । उक्त मितिपछि सम्बन्धित शेयरधनीहरूले आफ्नो शेयर कारोबारका लागि योग्य हुनेछन्।

कम्पनीले साधारण शेयर निष्काशन गरी सर्वसाधारणलाई बाँडफाँड गरेको मितिबाट तीन वर्षसम्म संस्थापक, स्थानीय र कर्मचारीहरूका शेयरमा लक–इन अवधि लागू हुने व्यवस्था अनुसार यो अवधि अब अन्त्य हुन लागेको हो। कम्पनीले यसअघि सेयर बजार नियमन ऐन तथा धितोपत्र बोर्डको निर्देशिकाअनुसार सबै पात्रहरूको शेयरमा तालाबन्दी (लक–इन) प्रक्रिया लागू गरेको थियो।

हाल कम्पनीको संस्थापक शेयरधनीको १ करोड १ लाख ९२ हजार ५००, कर्मचारीको ३९ हजार १५० कित्ता र आयोजना प्रभावित बासिन्दाको १३ लाख ५० हजार कित्ता गरी कुल १ करोड १५ लाख ८१ हजार ६५० कित्ता शेयर लक इनमा छ । लकइन अवधि सकिएसँगै लगानीकर्ताले होल्ड गरेको शेयर दोस्रो बजारमा कारोबार गर्न सकिनेछ । तर, कम्पनीको सञ्चालक समितिका सदस्य तथा व्यवस्थापन तहका कर्मचारीहरूले भने धितोपत्र बोर्डको प्रावधान अनुसार शेयर बिक्री गर्न नपाउने व्यवस्था कायम नै रहने कम्पनीले स्पष्ट पारेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *