डोङफेङ नामीको विश्वव्यापी सफलता: ४० देशमा १२ हजार भन्दा बढी युनिटहरू निर्यात

काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता डोङफेङ नामीको जेएफ-एस३ मोडलले अहिले सम्म १२,००० भन्दा बढी युनिट ४० भन्दा धेरै देश तथा क्षेत्रहरूमा निर्यात भइसकेको छ। जुनफेङ कम्पनीका अनुसार यो सफलताले कम्पनीको अन्तर्राष्ट्रिय रणनीतिक विस्तारमा नयाँ गति दिएको छ ।

सन् २०२४ को डिसेम्बरबाट युरोपमा डेलिभरी सुरु भएको जेएफ-एस ३, अहिले युरोपेली बजारमा उल्लेखनीय उपस्थितिमा पुगिसकेको छ। नेदरल्याण्डमा जनवरी महिनामै यो मोडल सबैभन्दा धेरै बिक्री हुने चिनियाँ इभी बन्न सफल भयो, जहाँ ३०० युनिटभन्दा बढी डेलिभर गरियो ।

डिलरहरूका अनुसार, सन्तुलित सवारी अनुभव र पर्याप्त भित्री स्थानले उपभोक्ताहरूको मन जितेको छ । नर्वेमा पहिलो महिनामै १०० भन्दा बढी अर्डर प्राप्त गर्दा, चेक गणतन्त्रमा यसको सेग्मेन्टमा अग्रता कायम भएको छ। लाट्भियामा त यो चिनियाँ इभीहरूमध्ये शीर्ष १०% बजार हिस्सा ओगट्न सफल भएको छ ।

यस मोडलको प्रयोग क्षेत्रीय आवश्यकताअनुसार फरक-फरक ढंगले भइरहेको छ । मेक्सिको सिटीमा साझा यातायात सेवा प्रदायकहरूको लागि यो मोडल आधिकारिक सवारी बनेको छ भने बैंककमा यो मोबाइल कफी वर्कशपको रूपमा प्रयोग भइरहेको छ । अफ्रिकामा सौर्य चार्जिङ किटसहित प्रयोग भैरहेको यस मोडलले पूर्वाधार अभाव झेलिरहेका देशहरूमा नयाँ आशा देखाएको छ ।

जुनफेङ कम्पनीले उत्पादन विस्तार पनि तीव्र गतिमा अघि बढाइरहेको छ। युरोपमा इन्टेलिजेन्ट सवारी प्रविधिको अनुसन्धान केन्द्र निर्माणको अन्तिम चरणमा पुगेको छ ।

यसैबीच, कम्पनीले नयाँ मोडल जेएफ-०६ सार्वजनिक गरेको छ। ‘इन्टरस्टेलर जियोमेट्रिक’ डिजाइन भाषामा बनेको यो मोडल तारामय प्रकाश दिने लाइट स्ट्रिप, २५६-रङको एम्बियन्ट लाइट, र “लाइट डोमेन सराउन्डिङ ककपिट” ले सुसज्जित छ ।

जुनफेङ कम्पनीले आगामी दिनहरूमा मागअनुसार नयाँ मोडलहरूको विकास गर्ने, उदीयमान बजारमा प्रवेश बढाउने र स्थानीय सहकार्यमार्फत नवप्रवर्तनलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेको छ ।

बजार रणनीतिमा वर्तमान बजारमा गहिरो उपस्थिति सुदृढ पार्दै, नयाँ बजारहरूको पहिचान गरिनेछ र ब्रान्ड पहिचान तथा प्रतिस्पर्धात्मकता थप मजबुत बनाइने कम्पनीको भनाई छ । नवप्रवर्तन र सहकार्यतर्फ, स्थानीय साझेदारहरूसँग मिलेर बुद्धिमानी सवारी प्रविधिमा ध्यान दिइनेछ, स्थानीय उत्पादनलाई प्रोत्साहन दिइनेछ र समग्र मूल्य श्रृंखला सुदृढ गरिनेछ ।

डोङफेङलाई विश्वका अग्रणी नयाँ ऊर्जा सवारी ब्रान्डहरूमध्ये एक बनाउन यो निरन्तर योगदान दिन तयार रहेको कम्पनीको प्रतिबद्धता छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *