आईसीसी विश्वकप लिग २ मा नेपालले नेदरल्याण्ड्ससँग खेल्ने

काठमाडौं । स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि डुन्डीमा सुरु हुनेछ ।

पहिलो खेलमा नेपालले स्कटल्याण्डमाथि १ विकेटको रोमाञ्चक जित निकालेको थियो ।

नेपालले नेदरल्याण्ड्ससँग यस लिग २ साइकलमा यसअघि पनि खेलिसकेको छ । गत वर्षको फेब्रुअरीमा कीर्तिपुरमै भएको एकदिवसीय शृंखलामा नेपालले १ खेल जित्दा १ खेलमा पराजित भएको थियो ।

लिग २ को अंक तालिकामा २० खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने नेपाल १३ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *