सुदूरपश्चिमका पूर्वमुख्यमन्त्री दीर्घबहादुर सोडारीविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । सुदूरपश्चिम प्रदेशका पूर्वमुख्यमन्त्री तथा हाल प्रदेशसभा सदस्य दीर्घबहादुर सोडारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरेको छ।

सोडारीले पदीय मर्दायाविपरीतका कार्य गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो । २०७४ सालमा मुख्यमन्त्री हुँदा सोडारीले आफ्नो र परिवारको कूल सम्पत्ति ८५ लाख ५१ हजार ३ सय ३४ रुपैयाँ ९२ पैसा वैधानिक आर्जन देखाएका थिए ।

तर, पदवहालीपछि शक्तिको दुरुपयोग गरि एक करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैयाँ ५७ पैसा अकूत आर्जन गरेको अनुसन्धानबाट देखिएको अख्तियारले जनाएको छ ।

सोडारीले सार्वजनिक सेवाको पदमा रहँदाका बखत अख्तियारको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको स्रोत नखुल्ने सम्पत्तिबाट श्रीमती गीता सोडारी तथा छोरा बबी सोडारीको नाममा जग्गा खरिद, घर निर्माण गरेको पनि अख्तियारले जनाएको छ ।

यसैकारण सोडारीको श्रीमती र छोरालाई भ्रष्टाचार गरी आर्जन गरेको सम्पत्ति जफत गर्ने प्रयोजनार्थ मात्र प्रतिवादी बनाइएको अख्तियारद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *