

आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
पुस मसान्तसम्म आइपुग्दा संस्थाको नाफा २२.५८ प्रतिशतले बढेर २० करोड ६५ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिसम्म संस्थाले १६ करोड ८५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो।
यो अवधिसम्म संस्थाको सञ्चालन मुनाफा पनि २५.६६ प्रतिशतले बढेर २९ करोड ५२ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो मुनाफा २३ करोड ४९ लाख रुपैयाँमा सीमित थियो।
संस्थाको खुद ब्याज आम्दानी २०.४६ प्रतिशतले बढेर ३३ करोड ४१ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म यस्तो आम्दानी २७ करोड ७४ लाख रुपैयाँ रहेको थियो।
संस्थाको खराब कर्जा अनुपात (एनपीएल) बढेर ०.१६ प्रतिशत पुगेको छ। गत वर्ष यही अवधिसम्म एनपीएल ०.०५ प्रतिशतमा सीमित थियो।
समीक्षा अवधिमा संस्थाले २२ करोड ९३ लाख रुपैयाँ सापटी लिई ११ अर्ब ३८ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ।
चुक्तापुँजी १ अर्ब २४ करोड रुपैयाँ संस्थाले जगेडा कोषमा १ अर्ब २० करोड रुपैयाँ रहेको छ।
संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ३३.२९ रुपैयाँ कायम भएको छ। गत वर्ष यही अवधिसम्म ईपीएस २७.१५ रुपैयाँ थियो। पीई रेसियो ३३.२० गुणा र प्रतिसेयर नेटवर्थ २८५.०४ रुपैयाँ रहेको छ।
अर्थ सन्जाल