भारतमा १४ गुणा बढ्यो कोरोना : दुई दिनमा २१ को मृत्यु, तीन हजार बढी संक्रमित

एजेन्सी। भारतमा सक्रिय कोभिड-१९ संक्रमितको सङ्ख्या बढेर तीन हजार सात सय ८३ पुगेको छ। केरलामा सबैभन्दा धेरै एक हजार चार सय सक्रिय संक्रमित छन्।

भारतको स्वास्थ्य मन्त्रालयका अनुसार २२ मेमा भारतमा २५७ संक्रमित थिए। नौ दिनमा सङ्क्रमण १४ गुणाले बढेको दैनिक भास्करले जानकारी दिएको छ। पछिल्ला दुई दिनमा २१ जनाको मृत्यु भएको छ। महाराष्ट्र र केरलामा सबैभन्दा धेरै सात/सात जनाले ज्यान गुमाएका छन्।

बेङ्गलुरुमा तीनवटै डोज लिएका एक बिरामीको मृत्यु भएको छ। मे ३१ मा ६३ वर्षीय पुरुषको मृत्यु भएको थियो। उनले कोभिड खोपको दुवै डोज र बुस्टर डोज समेत लिएका थिए।

कर्नाटक सरकारले भीडभाडमा मास्क लगाउन, भौतिक दूरी कायम राख्न र सरसफाइमा ध्यान दिन अनुरोध गरेको छ। ज्वरो, खोकी, छाती दुख्ने वा सास फेर्न गाह्रो भएमा तुरुन्त परीक्षण गर्न सुझाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *