युरोको भाउ बढ्यो, अन्य मुद्राको कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज अमेरिकी डलरको भाउ स्थिर रहेको छ । सोमबार १ अमेरिकी डलरको भाउ (बिक्रीदर) १३७ रुपैयाँ २३ पैसा कायम भएको छ । यस्तै, खरिददर १३६ रुपैयाँ ६३ पैसा कायम भएको छ । अमेरिकी डलर आइतबार पनि यहि भाउमा कारोबार भएको थियो ।
आज युरोको भाउ बढेको छ । राष्ट्र बैंकका अनुसार आज १ युरोको बिक्रीदर १५५ रुपैयाँ ७३ पैसा रहेको छ भने खरिददर १५५ रुपैयाँ ०५ पैसा रहेको छ । यसअघि आइतबार१ युरोको बिक्रीदर १५५ रुपैयाँ ५१ पैसा र खरिददर १५४ रुपैयाँ ८३ पैसा कायम भएको थियो ।

बेलायती पाउन्ड १ को बिक्रीदर १८४ रुपैयाँ ७२ पैसा खरिददर १८३ रुपैयाँ ९१ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । जापानिज १० येनको बिक्रीदर ९ रुपैयाँ ४८ पैसा र खरिददर ९ रुपैयाँ ५३ पैसा छ । त्यसैगरी, अष्ट्रेलियन डलर १ को खरिददर आज ८७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा तोकिएको छ ।

क्यानेडियन डलर १ को खरिददर भने ९९ रुपैयाँ ८८ पैसा र बिक्रीमा ९९ रुपैयाँ ८७ पैसा पाइन्छ । कतारी रियाल १ को खरिददर ३७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ६५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *