यातायात व्यवसायीद्वारा आह्वान गरिएको अनिश्चितकालीन बन्दका कारण जनजीवन प्रभावित

काठमाडौँ। यातायात व्यवसायीहरूले सोमबारदेखि देशभर अनिश्चितकालीन यातायात बन्दको घोषणा गरेका छन्। बन्दका  यात्रु मारमा परेका छन्।

नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अनुसार, ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को आह्वानमा आजदेखि देशभरका सार्वजनिक यातायातका साधनहरू ग्यारेजमै थन्क्याएर बस्ने निर्णय भएको हो।

संगठनले गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ को नाममा निजी प्रयोजनका लागि खरिद गरिएका सवारी साधनलाई भाडाका सवारी साधन सरह प्रयोग गर्न दिने गरी ल्याएको नियमावली खारेजीको माग गरेको छ।

यस विषयमा सम्बन्धित निकायलाई ध्यानाकर्षण पत्र बुझाई यथाशीघ्र समस्या समाधान गर्न अनुरोध गर्दा पनि सुनुवाइ नभएपछि आन्दोलनमा उत्रिने निर्णय गरिएको उनीहरूको भनाइ छ।

यसैबीच, आइतबार ‘सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समिति’ को नामबाट जारी भएको विज्ञप्तिमा भनिएको छ, “यसबाट पर्न जाने असरको सम्पूर्ण जिम्मेवारी नेपाल सरकार नै हुने हुँदा मिति २०८२/२/१९ गतेबाट हुने बन्दले आम उपभोक्ता वर्ग, यात्रु, मजदुर, कर्मचारीहरूलाई हाम्रो आन्दोलनमा आ–आफ्नो क्षेत्रबाट सक्दो सहयोग गरी सार्वजनिक यातायातलाई बचाई दिन सरोकारवाला सबै निकायमा हार्दिक अपिल गर्दछौँ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *