राहुघाट जलविद्युत् निर्माण अन्तिम चरणमा

काठमाडौं । ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीका रूपमा रहेको रघुगंगा हाइड्रोपावर लिमिटेडले यो आयोजना निर्माण गरिरहेको छ । म्याग्दी जिल्लामा रहेको उक्त आयोजनाको भौतिक प्रगति ८१ प्रतिशत पुगेको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशकसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव तथा नेपालका लागि भारतीय राजदूत र अन्य उच्चपदस्थ अधिकारीले आयोजनाको स्थलगत निरीक्षण गरेका छन् ।

यो आयोजनाको कुल अनुमानित लागत ९ अर्ब १७ करोड २६ लाख रुपैयाँ बराबर छ । आयोजनामा एक्जिम बैंक अफ इन्डियाको ६ करोड ७० लाख अमेरिकी डलर सहुलियतपूर्ण ऋण लगानी रहेको छ । बाँकी रकम नेपाल सरकार तथा प्राधिकरणले संयुक्त रूपमा लगानी गर्ने व्यवस्था गरिएको छ । आयोजना आगामी पुस महिनामा सक्ने लक्ष्य छ ।

आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीमा प्रसारण गर्न दाना–कुस्मा २२० केभी प्रसारण लाइनमा लुप–इन, लुप–आउट प्रणालीबाट प्रसारण गरिने भएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *