आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

काठमाडाैं। गृह मन्त्रालयले रातो मछिन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा आइतबार काठमाडौं उपत्यकाका तीन जिल्लामा सार्वजनिक बिदा दिएको छ।

ललितपुरमा एक महिनादेखि चलिरहेको रथ यात्राको अन्तिम दिन भोटो देखाइने परम्परा अनुसार बिदा दिइएको हो। उक्त दिन विदा हुने भएकाले सेयर बजार पनि बन्द हुनेछ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *