हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

काठमाडौं । हिमालयन लाइफ इन्सुरेन्सले १ लाख १२ हजार २४० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ १६ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार काठमाडौंमा रहेको कानुन शाखामा आवेदन दिनुपर्नेछ ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *