काठमाडौ । एनएमबि बैंकले झन्डै ६ लाख कित्ता सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ५ लाख ९८ हजार १४५ कित्ता सेयर बिक्रीमा राखिएको हो।
यसमा जो कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले आवेदन दिन सक्नेछन् ।
सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (जेठ १४ गते) बाट १५ दिनभित्र बैंकको कार्यालय, बबरमहल, काठमाडौंमा आवेदन दिनुपर्नेछ । यसअघि विद्यमान संस्थापक सेयरधनीहरुले सेयर खरिद नगरेपछि सो सेयर सर्वसाधारण लगानीकर्ताले समेत किन्न सक्ने गरी बिक्री खुला गरिएको हो ।
Artha Sanjal






