काठमाडाैं । भिजिट भिसामा जाने नेपाली यात्रुसँग रकम असुलेको आरोपमा अनुसन्धानमा तानिएपछि गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराई र उनकी पत्नी देवीमाया बराल (भट्टराई)का नाममा जारी भिसा अमेरिकाले रद्ध गरेकाे छ । भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन प्रक्रिया सुरू गरेसँगै अमेरिकाले पाँच वर्षको ‘मल्टिपल इन्ट्री’ भिसा (प्रवेश अनुमति) रद्द गरेको हाे ।
स्रोतकाअनुसार नेपालस्थित अमेरिकी दूतावासले भिसा रद्द गरिएको विषयमा परराष्ट्र मन्त्रालयलाई जानकारी गराइसकेको छ । अमेरिकाले भिजिट भिसा प्रकरण गम्भीर भएकाे बताउँदै भिसा रद्ध गर्नुपरेकाे जनाएकाे छ ।
विमानस्थल अध्यागमनका प्रमुख अध्यागमन अधिकृतकाे रूपमा कार्यरत भट्टराईलाई गत बुधबार आयोगले नियन्त्रणमा लिएकाे थियाे ।
Artha Sanjal






