काठमाडौं । आज बुधबारदेखि सर्वसाधारणका लागि ट्रेड टावरको आईपीओ खुलेको छ । अनलाइन प्रणाली मेरोसेयर वा आफ्नो खाता रहेको बैंक शाखाबाट आवेदन दिन सकिनेछ ।
यसअघि वैदेशिक रोजगारमा रहेकालाई कम्पनीले आईपीओ बाँडफाँड गरिसकेको छ । कम्पनीले सर्वसाधारण समूहको कुल ३९ लाख ७१ हजार ६९३ कित्ता सेयर जारी गर्न लागेको हो ।
जसमध्ये वैदेशिक रोजगारमा रहेकालाई १० प्रतिशत, सामुहिक लगानी कोषलाई ५ र कर्मचारीलाई २ प्रतिशत छुट्याएपछि बाँकी रहेको ३२ लाख ९६ हजार ५०५ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।
सर्वसाधारणले जेठ १९ गतेसम्म आवेदन दिन सक्ने बिक्री प्रवन्धक लक्ष्मी सनराइज क्यापिटलले सार्वजनिक सूचनामार्फत जनाएको छ । न्यूनतम १० तथा अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ ।
Artha Sanjal






