काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज पनि छापावाल सुन प्रतितोला १६ सय रुपैयाँले घटेर १ लाख ८९ हजार ३०० रुपैयाँ कायम भएको छ ।
यसअघि, मंगलबार छापावाल सुन १ लाख ९० हजार ९०० रुपैयाँ रहेको थियो ।
यता, आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर तोलाको २ हजार ५ रुपैयाँ कायम भएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १९ सय ९५ रुपैयाँ रहेको थियो ।







