सेयर बजारमा गिरावट, ७ अर्ब ६० करोडको कारोबार

काठमाडाैं। आज साताकाे पहिलाे काराेबारकाे दिन सेयर बजार घटेकाे छ । नेप्से परिसूचक ८.५७ अंकले घटेर २६७९.९८ को विन्दुमा बन्द भएकाे छ ।

आज ३१४ कम्पनीको शेयर किनबेच हुँदा ७ अर्ब ६० करोड माथिको शेयर कारोबार भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै राधि विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ७१ करोड ४९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । युनिभर्सल पावरको ३० करोड ३१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावरको २९ करोड ५१ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओम मेगाश्रीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । महुली लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ८.२५ प्रतिशतका दरले कमाएका छन् । रिभर फल्स पावरका लगानीकर्ताले ७.७४ प्रतिशतका दरले कमाएका छन् ।

आज सबैभन्दा धेरै सिन्धु विकास बैंकका लगानीकर्ताले गुमाएका छन् । आज यस बैंकका लगानकिर्ताले ८.१६ प्रतिशतका दरले गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *