१५ जनाको टोलीसहित पूर्वराष्ट्रपति भण्डारी लागिन् चीनतर्फ

काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेको १५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार राति चीनतर्फ प्रस्थान गरेकी छन्। पदबाट अवकाश लिएपछि यो भण्डारीको पहिलो विदेशयात्रा हो।

एमाले प्रवेशको तयारीमा रहेकी भण्डारी अहिलेको समयमा चीनकी सबैभन्दा नजिकको नेता मानिन्छिन्। आगामी दिनमा उनको सक्रिय राजनितिमा क्षेत्रीयता र कूटनीतिलाई यो यात्राले प्रभावित गर्ने अड्कलबाजी छ।

पूर्वराष्ट्रपतिको यो यात्रामा प्रधानमन्त्री केपी शर्मा ओलीका खास विश्वासपात्रा रघुवीर महासेठ, उद्योगमन्त्री दामोदर भण्डारी, केपी ओलीका कट्टर आलोचक कर्ण थापा, सांसद देवी प्रकाश भट्टचन, मदन भण्डारीका भाइ डा. कैलाश भण्डारी समेत सामेल छन्। आधिकारिक रूपमा भण्डारीले चिनियाँ राष्ट्रपति सी जिङपिङलाई भेट्ने तय भइसकेको भने छैन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *