ज्योति विकास बैंकको मोबाइल बैंकिङ एपबाट हवाई टिकट खरिद गर्दा ५ सय क्यासब्याक

काठमाडौं । ज्योति विकास बैंकले बैंकको मोबाइल बैंकिङ्ग एप ज्योति स्मार्टमार्फत हवाई टिकट खरिद गर्दा ग्राहकहरुले ५०० क्यासब्याक प्राप्त गर्ने योजना सार्वजनिक गरेको छ ।

यस सर्वाधिक क्यासब्याक योजनामार्फत बैंकका ग्राहकहरुले ज्योति स्मार्ट एप बाट सस्तो मूल्यमा हवाई टिकट खरिद गर्न पाउनेछन् ।

देशभरका जुनसुकै एयरलाइन्सको हवाई टिकट खरिदमा ५०० रुपैयाँको सर्वाधिक क्यासब्याक प्राप्त हुनेछ । ज्योति स्मार्ट एप बाट हवाई टिकट खरिद गर्दा “Jyoti500” प्रोमो कोड प्रयोग गरि उक्त क्यासब्याक प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *