थप २२१ जनामा कोरोना संक्रमण पुष्टि

२४ घण्टामा नेपालमा दुई सय २१ जना नयाँ संक्रमित पुष्टि भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १२२ एन्टीजेन परिक्षण गर्दा ४९ गरी जम्मा २२१ जना नयाँ संक्रमित थपिएका हुन् ।

पछिल्लो २४ घण्टामा २०६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९८.६५ प्रतिशत रहेको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट १२ हजार सात जनाको मृत्यु भइसकेको छ ।

पछिल्लो २४ घण्टामा चार हजार ५८ जनाले कोरोना परिक्षण गरेका थिए भने खोप लगाउनेको संख्या २ लाख ६९ हजार ६६५ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या २ हजार ४४४ जना रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *