चर्का नारा र अर्थहीन परिवर्तनले जनमानस शान्त पार्न सकेन : पूर्वराजा

पूर्वराजा ज्ञानेन्द्र वीरबिक्रम शाहले व्यवस्था फेरिए पनि अवस्था फेरिन नसकेको गुनासो गरेका छन् । भित्ताको पात्रो फेरिएसँगै जनजीवनको स्तर वृद्धि पनि हुनुपर्ने बताएका हुन् ।

नयाँ वर्ष २०७९ सालको अवसरमा एक विज्ञप्ति जारी गर्दै शाहले वर्ष बदलिँदा हर्ष पनि बढ्नुपर्ने धारणा राखेका छन् ।

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नुपर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ’, उनले भनेका छन्,

‘चर्का नारा, गहकिला आशा, आश्वासन तथा अर्थहीन परिवर्तन वा रूपान्तरणको प्रक्रियाले जनमानसलाई शान्त पार्न सकेको छैन,’ शाहले आफ्नो विज्ञप्तिमा भनेका छन्, ‘चिन्ताको विषय हाम्रो यो हो।’

शाहले कूटनीतिक भाषामा विद्यमान राजनीतिक परिस्थितिमाथि टिप्पणी पनि गरेका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *