सिद्धार्थ बैंकका ग्राहकले होलिडे इन् रिसोर्टमा १५ प्रतिशतसम्म छुट पाउने

काठमाडाैं। सिद्धार्थ बैंक र होलिडे इन् रिसोर्ट बुढानिलकण्ठबीच बैंकका ग्राहक महानुभावहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता अनुसार बैंकका ग्राहकहरुले बुढानिलकण्ठस्थित होलिडे इन् रिसर्ट काठमाडौंमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ्ग सेवाबाट भुक्तानी गर्दा फुड र सफ्ट बेभरेजमा १५ प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।

यस सम्झौताले ग्राहकहरुलार्ई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *