वायुसेवा निगमका दुई वटै ट्वीनअटर विमान नियमित उडानमा

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडानमा दुई वटै ट्वीनअटर विमान नियमित उडानमा आएका छन् । निगमका प्रवक्ता सुवास डाँगीका अनुसार कलसाई नाइन एन एबिटी र नाइन एन–एबीयु विमान पूर्ण रुपले सञ्चालनमा आएका हुन् ।

यस कार्यले दुर्गम भेगका नागरिकहरुमा सहज, सुलभ, मितव्ययी हवाई सेवाको पहुँचमा वृद्धि हुने निगमको विश्वास छ । आगामी दिनहरुमा पनि विगतमा झै यात्रुहरुको गुणस्तरिय सेवा र सुरक्षालाई उच्च प्राथमिकता राखी उडान सञ्चालन गर्न निगम सदैव प्रतिबद्ध रहेको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

ट्वीनअटर विमान नियमनकारी निकाय तथा विमान निर्माता कम्पनीेको मापदण्डअनुसार नियमित मर्मत सम्भार सम्पन्न गर्नुका साथै दुईवटै नयाँ इञ्जिन परिवर्तन गरिएको निगमले जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *