गभर्नरमा नाम प्रस्ताव भएपछि पौडेलले दिए राजीनामा, राष्ट्र बैंक ऐन बाधक बन्ने पक्का

काठमाडौं । नयाँ गभर्नरका लागि कांग्रेस सभापति शेर बहादुर देउवाले विश्व पौडेलको नाम प्रस्ताव गरेपछि उनले आज सिफारिस समितीबाट राजीनामा दिएका छन् ।

नेपाल राष्ट्र बैंकको १८ गभर्नर बन्नला लागि उनले सिफारिस समितीबाट राजीनामा दिएका हुन् । प्रधानमन्त्री केपि ओलि र काङ्ग्रेस सभापति शेर बहादुर देउबाबिच शनिबार राती भएको छलफलमा देउवाले पौडेललाई गभर्नर बनाउने प्रस्ताव गरेका थिए ।

ओली र देउवाबीच यसअघि डा. गुणाकर भट्टलाई गभर्नर बनाउने सहमय,भएको थियो । सोहिअनुसार भट्टले पनि राजिनामा बुझाएका थिए । तर कायम मुकायम गभर्नर निलम ढुङ्गानाले उनको राजिनामा स्वीकृत नगरिदिएपछि देउवाले पुन: पौडेलको नाम प्रस्ताव गरेका हुन् ।

गभर्नरमा प्रस्ताव गरिएका पौडेल नेपाली काङ्ग्रेसका सक्रिय सदस्य तथा महासमिति हुन् । उनी संसदीय निर्वाचनमा चितवन १ बाट रास्वपाका हरी ढकालसँग चुनाव लडेर हारेका थिए ।

राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) अनुसार गभर्नर कुनै पनि राजनीतिक दलको सदस्य नभएको हुनुपर्ने स्पष्ट व्यवस्था छ। उनको नियुक्ति सोहि ऐनविपरित हुने देखिएकोले पनि उनी सिफारिसमै नपर्ने कानुनविद्हरुको दावी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *