फोनपेद्धारा २१औं एसियन पेमेन्ट नेटवर्क फोरम आयोजना

काठमाडाैं । फोनपेले काठमाडौंस्थित हिल्टन काठमाडौं होटलमा मे ६–७ मा एसियन पेमेन्ट नेटवर्क (एपिएन) को २१औ‌ं फोरमको पहिलो बैठक आयोजना गर्दै नेपालको डिजिटल भुक्तानी नवप्रवर्तनमा क्षेत्रीय केन्द्र बन्ने यात्रामा एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ।

यो प्रतिष्ठित कार्यक्रममा एसियाका १४ सदस्य राष्ट्रहरूबाट प्रतिनिधिहरू भेला भई एसियामा सीमापार रिटेल भुक्तानीको भविष्य निर्धारण गर्न जुटेका थिए।

दुई दिनसम्म चलेको फोरमले एसियाका प्रमुख भुक्तानी नेटवर्कहरूबीच सहकार्य, ज्ञान आदानप्रदान र रणनीतिक संवादको मञ्च प्रदान गर्‍यो।

यस फोरममा उच्चस्तरीय छलफल, जानकारीमूलक प्रस्तुतीकरण र सदस्य राष्ट्रहरूबीचको डिजिटल वित्तीय सहकार्यलाई मजबुत पार्ने उद्देश्यले विभिन्न सत्रहरू सञ्चालन गरिएका थिए।

फोरमको सुरुआत एक विशेष उच्चस्तरीय भेटघाटबाट भयो, जहाँ एपिएन प्रतिनिधिहरूले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रधानमन्त्रीको कार्यालयमै भेट गर्ने अवसर पाए।

फोरमको पहिलो दिन एपिएनको वार्षिक साधारणसभा सम्पन्न भयो, जसमा प्रमुख कार्यसूचीहरू अन्तर्गत एपिएन चार्टरमा अद्यावधिक, कार्ड र नन-कार्ड सीमापार भुक्तानी पहलहरूको प्रगतिबारे जानकारी र उप-समितिहरूका नयाँ पदाधिकारीहरूको चयन गरिएको थियो।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *