तेह्रथुम पावरलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न बोर्ड अनुमति

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर जारी गर्न नेपाल धितोपत्र बोर्डले अनुमति दिएको छ । बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपैयाँको दरले १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको हो ।

हाल यस हाइड्रोपावरको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । १०० प्रतिशत हकप्रद सेयर जारी गरेपछि यसको पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

यता, कम्पनीले हकप्रद सेयरबाट प्राप्त रकम खोरुंगा तांगमाया खोला जलविद्युत आयोजना निर्माण गर्न प्रयोग गर्ने जनाएको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *