हामी हाइड्रोजन इनर्जीबाटै सवारीसाधन चलाउन सक्छौँः ओली

काठमाडौँ।  प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब हाइड्रोजन इनर्जीबाटै सवारीसाधन चलाउनसक्ने बताएका छन्। राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

उनले नेपालसँग अब प्रशस्त विद्युत उत्पादन क्षमता रहेको बताउँदै उनले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)लाई आवश्यक पर्ने विद्युत उपलब्ध गराउनसक्ने बताए। उनले नेपालसँग हाइड्रोपावर मात्रै नभएर ग्रिन हाइड्रोजन इनर्जी उपलब्ध गराउन सक्ने विश्वास व्यक्त गरे।

प्रधानमन्त्री ओलीले केही दिनअघि आफू हाइड्रोजन ब्याट्रीबाट चलाइएको गाडीमा चढेर एक कार्यक्रममा गएको स्मरण गर्दै हाइड्रोजन इनर्जीबाटै सवारी साधन चलाउन सक्ने ठाउँमा पुगिसकेको र यसलाई विस्तार गर्दै लैजान सकिने विश्वास गरेका छन्। उनले नेपाललाई विकासका सम्भावना प्रकृतिले नै उपलब्ध गराएको भन्दै त्यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *