राष्ट्रिय वाणिज्य बैंकको शाखा सिन्धुपाल्चोकको चौतारामा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम चौतारा साँगाचोकगढीस्थित शाखा कार्यालय चौतारा विस्तार गरी कारोबार सुरु गरेको छ।

प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ताम्रपत्र अनावरण गरी बैंकको चौतारा शाखा कार्यालय एवं एटीएम सेवाको शनिबार विधिवत रुपमा उद्घाटन गरेका हुन्।

उक्त अवसरमा सभामुख सापकोटाले राष्ट्रिय वाणिज्य बैंकमा बैंकिङ कारोबार गर्र्दा विश्वसनीय, सस्तो र सहज भएकाले नागरिकले बैंकसँग कारोबार गरी सरकारलाई सहयोग गर्नुपर्ने बताए। उनले अबको युग डिजिटल प्रविधिको प्रयोगतर्फ गइरहेकाले डिजिटल बैंकिङ कारोबारबाट हुने जोखिमलाई न्यूनीकरण गर्दै डिजिटल बैंकिङमा जोड दिनुपर्ने धारणा राखे।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले आमनागरिकलाई आधुनिक बैंकिङ सेवा प्रवाह गर्दै सरकारी नीति तथा कार्यक्रममलाई सघाउ पुग्ने गरी प्राथमिकताका साथ कार्य गरिरहेको बताए।

कार्यक्रममा चौतारा साँगाचोकगढीका नगर प्रमुख अमानसिंह तामाङ, वडा नम्बर ५ का अध्यक्ष नरमान श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी वेदनिधि खनाल, प्रतिनिधिसभाका सभामुखका स्वकीय सचिव सागर केसी, बैंकका विभागीय प्रमुख सरोज बस्नेत, उपप्रबन्धक जितेन्द्रसिंह थापा, शाखा प्रबन्धक रत्ना शाक्य, स्थानीय राजनीतिक दलका प्रतिनिधि, उद्योगीव्यवसायी, कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुखलगायत अन्य स्थानीय संघसस्थाका प्रतिनिधिको उपस्थिति थियो।

बैंकको हाल सातै प्रदेशका ७७ जिल्लामा २५५ वटा शाखा कार्यालय, २१८ वटा एटीएम र ९८ वटा शाखारहित बैंकिङ रहेका छन्

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *