कुमारी बैंकको रिजर्भ बढ्यो, नाफा घट्यो

कुमारी बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।

प्रथम त्रैमासमा बैंकले ५४ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा १०.१९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा बैंकले ६० करोड २५ लाख रुपैयाँ नाफा गरेको थियो।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब १० करोड रुपैयाँ रहेको छ।

बैंकको सञ्चालन मुनाफा पनि १०.५८ प्रतिशत घटेर ७६ करोड ९४ लाख रुपैयाँमा सीमित बनेको छ। गत वर्ष यही अवधिमा बैंकको सञ्चालन मुनाफा ८६ करोड ५ लाख रुपैयाँ रहेको थियो।

प्रथम त्रैमासमा बैंकको खुद ब्याज आम्दानी २.१९ प्रतिशतले घटेको छ। गत वर्ष १ अर्ब ३१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा समीक्षा अवधिमा घटेर १ अर्ब २८ करोड रुपैयाँमा सीमित बनेको छ।

समीक्षा अवधिमा बैंकले १ खर्ब ५५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ५२ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको छ। गत वर्ष यही अवधिमा बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ३७ अर्ब रुपैयाँ कर्जा परिचालन गरेको थियो।

बैंकको रिजर्भको आकार ७.०९ प्रतिशतले बढेर ३ अर्ब ९३ करोड रुपैयाँको भएको छ। गत वर्ष रिजर्भमा ३ अर्ब ६७ करोड रुपैयाँ रहेको थियो।

चुक्तापुँजी १३ अर्ब ८७ करोड रुपैयाँ रहेको बैंकको खराब कर्जा (एनपीएल) १.४३ प्रतिशत रहेको छ। गत वर्ष पनि यही अवधिमा बैंकको एनपीएल १.४३ प्रतिशत नै रहेको थियो। सीडी रेसियो ९२.१३ प्रतिशत रहेको बैंकको आधार दर ७.८८ प्रतिशत रहेको छ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.६० रुपैयाँ रहेको छ। पीई रेसियो १८.४६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १३८.५६ रुपैयाँ रहेको छ

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *