सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा २९ करोड ५७ लाख

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा ३१ प्रतिशत बढेको छ । कम्पनीले सार्वजनिक गरेको तेस्रो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा २९ करोड ५७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष तेस्रो त्रैमाससम्म यस्तो नाफा २२ करोड ४२ लाख रुपैयाँ थियो ।

खुद प्रिमियम आम्दानी पहिले ६ अर्ब ३७ करोड रहेकोमा अहिले ७ अर्ब ५१ करोड पुगेको छ ।

कम्पनीको वार्षिक प्रतिसेयर आम्दानी बढेको छ । यस्तो आम्दानी पहिले ६ रुपैयाँ ५८ पैसा रहेकोमा अहिले ७ रुपैयाँ ८७ पैसा छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ४१ पैसा छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *