सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद जारी गर्ने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले वैशाख ३० गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । नियामक बीमा प्राधिकरणले तोकेको चुक्ता पूँजी पुर्‍याउन कम्पनीले हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।

कम्पनीले हाल कायम चुक्ता पूँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ बराबरको २७ प्रतिशत अर्थात् १ अर्ब ६ करोड ९६ लाख ३२ हजार रुपैयाँको हकप्रद सेयर निष्कासन गर्न लागेको हो । यसपछि बीमा प्राधिकरणले तोकेको ५ अर्ब चुक्ता पूँजी पुग्नेछ ।

वैशाख ४ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयरका लागि आवेदन दिन सक्नेछन् । हकप्रद सेयरमा आवेदन दिने मिति जेठ १९ गतेसम्म तोकिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *