काठमाडाैं। आज साताकाे अन्तिम काराेबारकाे दिन सेयर बजार सामान्य बढेको छ । नेप्से परिसूचक २.०८ अंकले बढेर २६५८.०२ को विन्दुमा कायम भएको छ ।
आज ३०८ कम्पनीको सेयर किनबेच हुँदा ७ अर्ब ८७ करोड माथिको सेयर कारोबार भएको छ । आज ८३ कम्पनीको सेयर मूल्य बढेको छ भने १६१ कम्पनीको सेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको सेयर कारोबार भएको छ । आज यस कम्पनीको ७० करोड ३४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । राधि विद्युत कम्पनीको ५७ करोड २३ लाख रुपैयाँको सेयर कारोबार भएको छ । एनआरएनको ५२ करोड ५२ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । मिथिला लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले ७.२० प्रतिशतका दरले कमाएका छन् । ङादी ग्रुप पावरका लगानीकर्ताले पनि ७ प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै नेपाल हाइड्रो डेभलपर्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ६.८८ प्रतिशतका दरले गुमाएका हुन् ।






