काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले भेटघाट गरेको भनी प्रकाशित एक समाचारविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ।
सर्वोच्च अदालतका नायव सुब्बा कमला रेग्मी र कम्प्युटर सहायक रमेश बजगाईंले समाचार प्रकाशित गर्ने अनलाइन मिडिया ‘नेपाली पेन’लाई विपक्षी बनाई मङ्गलवार उक्त मुद्दा दायर गरेका हुन्।
उक्त मुद्दा आज (बुधवार) न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र टेकप्रसाद ढुङ्गानाको संयुक्त इजलासमा पहिलो नम्बरमा पेशीका रूपमा सूचीबद्ध गरिएको छ।
‘प्रधानन्यायाधीशले पूर्वराजालाई किन भेटे ?’ शीर्षकसहितको समाचार सोमबार नेपाली पेन अनलाइनमा प्रकाशित भएको थियो। यद्यपि, उक्त समाचार हाल वेबसाइटबाट हटाइएको छ।
Artha Sanjal






