घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोल ८०० रुपैयाँले घटेर १ लाख ८९ हजार ८०० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला ३६ सय रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य १ लाख ९० हजार ६०० रुपैयाँमा प्रवेश गरेको थियो ।

यता, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । शुक्रबार चाँदीको मूल्य प्रतितोला १९ सय ६० रुपैयाँ कायम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *