रिभर फल्स पावरको सेयर लक-इन अवधि कहिलेदेखि सकिंदैछ ?

काठमाडौं । रिभर फल्स पावर लिमिटेडको संस्थापक, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि जेठ ८ गते सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीको ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय र १ लाख ३६ हजार ५०० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको सेयर लक इन रहेको छ ।

कम्पनीले सर्वसाधारणलाई २०७९ जेठ ९ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *