काठमाडौ । मधेश प्रदेशका पूर्व प्रमुख राजेश अहिराजलाई पक्राउ पूर्जी जारी भएको छ । स्रोतका अनुसार एक १७ बर्षिया बालिकामाथि जबर्जस्ति करणीमा भएको उजुरी परेपछि उनीमाथि नेपाल प्रहरीको काठमाडौं परिसरस्थित महिला सेलले अनुसन्धान सुरु गरेको हो । यस बिषयमा गम्भीर अनुसन्धान भइरहेको छ ।
स्रोतका अनुसार अहिराजको महिलासँगको निकै पुरानो बिषय बाहिर आएको हो । बिषय गम्भीर भएपछि प्रहरी परिसर टेकुको महिला सेलकी इन्सपेक्टरले अनुसन्धान थालेकी हुन् ।
अहिराज पत्रकारसँगै मधेश आन्दोलनमा लागेका थिए । अहिराजलाई केपी शर्मा ओलीले अघिल्लो पटक प्रधानमन्त्री हुँदा गोकुल बाँस्कोटाको सिफारिसमा मधेश प्रदेशको प्रमुखमा नियुक्त गरेपछि उनी एमाले वृत्तमा अझ बढी चिनिन थालेका हुन् । त्यसपछि उनले आफ्नो कार्यकक्षमा राष्ट्र निर्माता पृथ्वीनरायण शाहको तस्बीर राखेर सपथ खाएपछि थप चर्चा कमाएका थिए ।
अहिराज पछिल्लो समय राजा समर्जथक बनेका थिए। तर केहि दिन अघि संस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिको सल्लाहकारमा आफ्नो नाम राखिएको भन्दै डा. राजेश अहिराजले असन्तुष्टि व्यक्त गरेपछि उनको भूमिकालाई विवादास्पद रुपमा हेरिएको छ।







