वाणिज्य बैंकहरुको ब्याजदर सार्वजनिक, अधिकांश बैंकको यथावत्

काठमाडौं । वाणिज्य बैंकहरुले २०८२ वैशाख महिनाका लागि ब्याजदर सार्वजनिक गरेका छन् । बैंकहरूले सार्वजनिक गरेको ब्याजदरअनुसार वैशाखका लागि २० वाणिज्य बैंकमध्ये ३ वटाले ब्याजदर घटाएका छन् भने एउटा बैंकले बढाएको छ।

बाँकी १६ बैंकले चैत महिनाकै ब्याजदरलाई वैशाखमा पनि यथावत् राख्ने भएका छन् ।

वैशाखका लागि कुमारी बैंक, सानिमा बैंक र नेपाल बैंकले ब्याजदर घटाएका छन भने एभरेष्ट बैंकले बढाएको छ ।

निक्षेपमा २० वाणिज्य बैंकहरुको ब्याजदर ०.००३५ प्रतिशत विन्दुले बढेको छ ।

नेपाल बैंक लिमिटेड :

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपको अधिकतम ब्याजदर घटाएको । बैंकले व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर दिने भएको छ । जुन चैत महिनामा क्रमशः ५.५० प्रतिशत ४.१५ प्रतिशत कायम थियो ।

सानिमा बैंक :

सानिमा बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९५ प्रतिशत र संस्थागततर्फ ४.२ प्रतिशत ब्याजदर कायम गरेको छ । चैत महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.०५ प्रतिशत र संस्थागततर्फ ४.३० प्रतिशत ब्याजदर कायम गरेको थियो ।

कुमारी बैंक :

कुमारी बैंकले व्यक्तिगत र संस्थागततर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.९२ र संस्थागततर्फ ४.९२ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । चैत महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.८१ र संस्थागततर्फ ५.०१० प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

एभरेष्ट बैंक :

एभरेष्ट बैंकले वैशाख महिनाका लागि ब्याजदर बढाएको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ६.६१ र संस्थागतर्फ ५.६१ प्रतिशत ब्याजदर दिने भएको छ । बैंकले चैत महिनाका लागि व्यक्तिगततर्फ ६ र संस्थागततर्फ अधिकतम ५ प्रतिशत ब्याजदर तोकेको थियो ।

नबिल बैंक :

वैशाख महिनाका लागि नबिल बैंकले व्यक्तिगत तर्फको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.०५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले संस्थागत निक्षेपकर्तालाई चैत महिनामा अधिकतम ४.२५ प्रतिशत ब्याजदर दिएको थियो ।

एनआईशी एशिया बैंक :

एनआईसी एशिया बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ६.६० प्रतिशत र संस्थागततर्फ अधिकतम ५.६० प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

प्रभु बैंक :

प्रभु बैंकले पनि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागततर्फको घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपतर्फ अधिकतम ५.१ प्रतिशत ब्याज दिएको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंक :

सिटिजन्स इन्टरनेशनल बैंकले वैशाख महिनाका ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.६५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक :

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ३प्रतिशत ब्याजदर तोकेको छ । चैत महिनाका लागि बैंकले संस्थागततर्फ अधिकतम ३.५ प्रतिशत ब्याजदर दिएको थियो ।

प्राइम कमर्सियल बैंक :

प्राइम कमर्सियल बैंकले वैशाख महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । संस्थागततर्फ बैंकले चैत महिनामा अधिकतम ४ प्रतिशत ब्याजदर दिएको थियो ।

नेपाल एसबीआई बैंक :

नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जसन अघिल्लो महिनाकै निरन्तरता हो ।

ग्लोबल आइएमई बैंक :

बैंकले वैशाख महिनाका लागि व्यक्तिगततर्फको अधिकतम ब्याजदर स्थिर राखेको छ भने संस्थागतको घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ । चैत महिनाका लागि बैंकले संस्थागत निक्षेपकर्तालाई अधिकतम ४.५० प्रतिशत ब्याज दिएको थियो ।

सिद्धार्थ बैंक :

सिद्धार्थ बैंकले पनि ब्याजदरमा परिवर्तन गरेको छैन। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर कायम गरेको छ ।

एनएमबी बैंक :

बैंकले पनि वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.६० प्रतिशत र संस्थागततर्फ ५.६० प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।

हिमालयन बैंक :

हिमालयन बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५०० प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

कृषि विकास बैंक :

बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५१ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जुन अघिल्लो महिनाकै निरन्तरता हो ।

माछापुच्छ्रे बैंक :

बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

स्ट्याण्डर्ड चाटर्ड बैंक :

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेप र संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका व्यक्तिगततर्फ अधिकतम ६.२५ प्रतिशत र संस्थागततर्फ ३.२५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक :

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले वैशाख महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.१ प्रतिशत र संस्थागततर्फ ५.१ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक :

लक्ष्मी सनराइज बैंकले वैशाख महिनाका लागि व्यक्तिगत र संस्थागत निक्षेपतर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले वैशाख महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ ४.५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *