काठमाडौं । रिलायन्स फाइनान्सले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको शुक्रबार (चैत २९ गते) बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
यस्तै, कम्पनीले वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी पनि गराएको छ । यसअघि फाइनान्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८/७९ को नाफाबाट ६.५० प्रतिशत बोनस सेयर र कर तिर्न ०.३४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
Artha Sanjal






