निरन्तर नयाँ रेडर्क बनाउँदै सुनको मूल्य, कतिमा हुँदैछ प्रतितोला कारोबार ?

नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएकाे छ । पछिल्ला तीन दिनदेखि सुनको मूल्यले निरन्तर नयाँ रेकर्ड बनाएको हो । यस दिन सुन प्रतितोला एक हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार यस दिन छापावाल सुन प्रतितोला एक लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबारको बजारमा यस्तो सुन प्रतितोला एक लाख ८५ हजार रुपैयाँ खरिदबिक्री भएको थियो । गत बिहीबारदेखि सुनको मूल्यले निरन्तर ऐतिहासिक रेकर्ड बनाइरहेको छ ।

यस दिन चाँदीको तोलामा ५५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९६० रुपैयाँमा किनबेच भइरहेको छ । शुक्रबारको बजारमा चाँदी प्रतितोला एक हजार ९०५ रुपैयाँमा किनबेच भएको थियो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *