हालसम्मकै उच्च विन्दुमा पुग्यो सुनको मूल्य,कतिमा हुँदैछ काराेबार ?

काठमाडौं । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज बिहीबार छापावाल सुन प्रतितोला ५ हजार ७ सय रुपैयाँले बढेर १ लाख ८१ हजार १ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च रेट हो । बुधबार सुनको मूल्य १ लाख ७५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यता, बिहीबार चाँदीको मूल्य प्रतितोला ६५ रुपैयाँले बढेको छ । यसदिन चाँदी प्रतितोला १ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *